शुक्रबार, बैशाख ७, २०८१

निर्वाचनको सुरक्षार्थ ६४ हजार सैनिक ब्यारेक बाहिर , ३३ स्थानहरुमा फेला परेका बम डिस्पोज

काठमाडौ मंसिर ८, आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि ६४ हजार  जनशक्ति परिचालन गरिएको छ ।  निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउन आसन्न निर्वाचनमा सुरक्षाको तेस्रो घेराको जिम्मेवारी दिएसंगै नेपाली सेनाले निर्वाचनको क्रममा मतपत्र छपाइ सुरक्षा, निर्वाचन सामग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षालगायत निर्वाचन सुरक्षाका लागि तेस्रो घेरामा रही आवश्यक अन्य सुरक्षा प्रदान गर्ने कार्य गर्दै आएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
त्यस्तै नेपाली सेनालाई कारागार तथा विमानस्थलको सुरक्षाको जिम्मेवारी प्राप्त भएअनुसार हालसम्म देशका विभिन्न ५३ कारागार र २३ वटा विमानस्थलको सुरक्षार्थ फौज तैनाथ भइसकेको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यसैवीच निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउन आसन्न निर्वाचनको संवेदनशीलतालाई दृष्टिगत गरी नेपाली सेनाले
मुलुकका विभिन्न भागमा शंकास्पद वस्तु तथा बमहरु फेला परेका घटनाहरुमा तदारुकताकासाथ शंकास्पद वस्तुहरुलाई सुरक्षितसाथ निस्क्रिय गर्ने कार्य समेत गर्दै आएको छ ।   यसक्रममा पाँचथर जिल्लाको फिदिम, फाकफोकथुम र हिलिहाङ्ग, जाजरकोट जिल्लाको चौरजहारी, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र बाह्रविसे, रोल्पा जिल्लाको भदौरे, रामेछाप जिल्लाको खाडाँदेवी, ओखलढुङ्गा जिल्लाको मोलुङ, लम्जुङ्ग जिल्लाको वेसिशहर, पर्वत जिल्लाको कुश्मा, धादिङ्ग जिल्लाको निलकण्ठ, गजुरी, गल्छी र घाटबेशी, बाग्लुङ्ग जिल्लाको बढीगाउँ र निशिखोला, अछाम जिल्लाको साँफेबगर, संखुवासभा जिल्लाको धर्मदेवी, रुपन्देही जिल्लाको बुटवल, रौतहट जिल्लाको गुजरा र कटानी, रसुवा जिल्लाको उत्तरगया, चितवन जिल्लाको भरतपुर, खोटाङ्ग जिल्लाको हलेसी, गोर्खा जिल्लाको गण्डकी र सिरानुचोक, नुवाकोट जिल्लाको शिवपुरी र विदुर, दाङ्ग जिल्लाको शान्तिनगर, कालिकोट जिल्लाको छाती, नवलपरासी जिल्लाको देवचुली एवं दोलखा जिल्लाको भिमेश्वर नगरपालिका गरी जम्मा ३३ स्थानहरुमा फेला परेका बम सुरक्षितसाथ डिस्पोज गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031