शुक्रबार, बैशाख ७, २०८१

नचिनेको नम्बरबाट आएको कलको ठगीबाट जोगिन टेलिकमको आग्रह

काठमाडौ मंसिर ११,  नेपाल टेलिकमको आज आफ्ना सेवा प्रदायक ग्राहकलाइ एसएमएस मार्फत मोबाइलमा नचिनेको नम्बरबाट आएको कलको ठगीबाट जोगिन टेलिकमले आग्रह गरेको छ ।

मोबाइलमा नचिनेको अनौठा नम्बर जस्तै ०१२३४५६ , १२३४५६ जस्ता अपरिचित बाट आएको फोन नउठाउन र उठाए पनि सचेत हुन टेलिकमले भनेको छ ।भाइबर, स्काइपबाट अपरिचित नम्बरका फोन आएर चिठ्ठा, उपहार परेकोजस्ता कुरा गरी बैंक अकाउन्ट नम्बर माग्ने र उपभोक्ता ठग्ने गुनासो आएपछि टेलिकमले यस्तो आग्रह गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।