शनिबार, बैशाख ८, २०८१

जनप्रिय नेता ववनको स्वतन्त्र उम्मेदवारीका कारण मधेसवादी गठबन्धनका उम्मेदवारको निद हराम

मधेसप्रति पूर्ण प्रतिवद्ध उम्मेदवार सिंह  विजयपथको यात्रा तय गर्दै राम्रो रौतहट हाम्रो रौतहट बनाउँने अभियानमा

काठमाडौं कार्तिक २०, आगामी मंसिर २१ गते हुने निर्वाचनमा रौतहट क्षेत्र न. १ बाट प्रतिनिधिसभाका लागि लोकप्रिय एवम जनप्रिय नेता ववन सिंहले स्वतन्त्र उम्मेदवारी दिएका छन ।  पूर्व सासंसद तथा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य समेत रहेका नेता सिंहलाइ पार्टीले उहाँको योगदानको अवमुल्यन गर्दै उम्मेदवारी नदिएपछि जनताको सुझाव र माग अनुरुप आफु चुनावी मैदानमा उत्रिएको हामीसंगको टेलिफोनवार्तामा बताए ।

विगत ४ वर्ष देखि स्थानीय जनताको हरेक पिरमार्कामा संससंगै रहदै आफ्नो राजनैतिक यात्रा तय गर्दै आइरहेका नेता सिंहले एकातर्फ वाम गठबन्धन र अर्कोतर्फ राजपा र फोरम नेपालको मधेसवादी गठबन्धन काँग्रेसका उम्मेदवार कृष्णप्रसाद यादव उम्मेदवार रहेको रौतहट क्षेत्र न १ दिएको स्वतन्त्र उम्मेदवारीको कारण वाम गठबन्धन र मधेसवादी गठबन्धनका उम्मेदवारको निद हराम भएको बुझिएको छ ।

सरल एमव् मधेसप्रति पूर्ण प्रतिवद्ध उम्मेदवार सिंहको आसन्न निर्वाचनमा मुख्य प्रतिस्प्रधा भनेको काँग्रेसका उम्मेदवार यादवसंग हुने बताईएको छ ।   सरल छवीकाका कारण आफ्नो उम्मेदवारीलाइ क्षेत्र न १ का जनताले पूर्णरुपमा अनुमोदन गर्दै विजयी बनाउँने पक्षमा विश्वस्त रहेका नेता सिंहले आफु निर्वाचित भएपछि रौतहट १ को रुप नक्सा र स्थानीयको जिवनस्तरको सूचाङकन र आर्थिक आर्जनलाइ समृद्ध बनाउँदै राम्रो रौतहट हाम्रो रौतहत बनाउँने प्रतिवद्धता अभिव्यक्त गर्नु भएको छ ।