शुक्रबार, चैत्र १६, २०८०

भाइटीकाको उत्तम साइत शनिबार मध्याह्न ११ः५१ बजे

  • भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउनु उत्तम

  •  यसपटक  पनि वालगोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन गराइने 

काठमाडौ कातिर्क ३, नेपाल पञ्चाङ्ग निर्णायक समितिले  वर्ष २०७४को भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ : ५१ मा उत्तम रहेको जनाएको छ ।  समितिलाइ उदृत गर्दै प्राप्त समाचारमा भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउनु उत्तम रहेको उल्लेख गरिएको छ ।

भाइटीकाको क्रममा अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ । त्यस्तै टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मसला र सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा रहिआएको छ ।

यसैवीच दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुन्ँने दिदिबहिनीले भाइटीकाका दिन रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा पूजा एवं दर्शन गर्दै भाइटिका मनाउँने परम्परा अनुरुप यसपटक पनि विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरको पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै दर्शन गर्ने व्यवस्था मिलाइएको सम्वद्ध पक्षले जनाएको छ ।