बिहिबार, बैशाख १३, २०८१

आज काँग्रेस र लोकतान्त्रिक फोरमवीच एकता घोषणा हुँदै

अखण्ड पार्टी नेपाल काँग्रेसमा समाहित

 काठमाडौ असोज ३०, नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज सोमबार पार्टी एकता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार भएको पार्टी एकताको वार्ता र दुई पार्टीबीच भएको सहमति सार्वजनिक गर्दै आज एकाकारको घोषणा गरिने भएको छ ।

सम्वद्धस्रोतका अनुसार आज ११ बजे समानय छलफल पछि प्रमको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमकावीच पार्टी एकताको घोषणा गर्ने तयारी रहेको थाहा भएको छ । स्रोतका अनुसार लोकतान्त्रिक फोरमका अध्यक्ष समेत रहेका गच्छदारलाई चुनावी तालमेल सहित पार्टीको याङकिङमा उपसभापति वा महामन्त्रीदिने सहमति भएको बुझिएको छ।

यसैवीच अखण्ड पार्टी नेपाल नेपाली काँग्रेसमा समाहित भएको छ । पार्टी समाहितका लागि आइतवार आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक पार्टी एक हुनुको विकल्प नभएको बताउँदै लाकेतान्त्रिक शक्तिको एकताबाट मात्रै आन्दोलनको वलबाट मुलुकमा प्राप्त उपलब्धिलाइ संस्थागत गर्न सक्ने बताउँनु भएको थियो । साथै उहाँले त्यस अवसरमा अखण्ड पार्ठीका अध्यक्ष पूर्वमन्त्री कुमार खड्कालगायतका नेतालाई अबिर र फूलमालासहित स्वागत गर्नुभएको थियो ।

 अखण्ड पार्टीलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायत केन्द्रीय नेताले स्वागत गर्नुभएको थियो भने पार्टीका नेता कार्यकर्तालाई काँग्रेसमा सम्मानजक स्थान दिने सवालमा काँग्रेससंग सहमति भएको अखण्डपार्टीका अध्यक्ष खड्काले बताउनुभएको छ ।