शुक्रबार, चैत्र १६, २०८०

माओवादी केन्द्रले एमालेको लहलहैमा लोकतन्त्र र संविधानमाथी प्रहार गरेको काँग्रेस के.स.को निष्कर्ष

काठमाडौं असोज २०, नेपाली काँग्रेसको आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकले वाम एकताको नाममा माओवादी केन्द्र दलहरुवीच भएको ६ वुँदे सहमतिले सरकारको वर्तमान गठवन्धन निर्माण गर्दा भएको ३ वुँदे सहमति माओवादी केन्द्रले तोडेको ठहर गर्दै यो ध्रुवीकरणले विगतको समझदारी विपरित मुलुकलाई वैचारिक ध्रुविकरणतर्फ लगेको ठहर सहित लोकतन्त्र र संविधानमाथी प्रहार भएको निष्कर्ष निकालेको छ ।

त्यस्तै बैठकले संविधान कार्यान्वयन, राष्ट्रिय एकता र विभिन्न जाति तथा समुदाय वीचको सद्भाव र विश्वासका आधारमा देशलाई संमृद्धि र विकासको मार्गमा अगाडि बढाउने भन्दापनि विभाजनको मानसिकतालाई प्रोत्साहन गर्दै लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भाव समेतलाई कमजोर पार्ने तर्फ उन्मुख हुँदै आएको नेकपा एमालेसँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यक रुपमा धु्रवीकरण तर्फ धकेलेको जनाउँदै  काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा संविधान कार्यान्वयन गर्ने मूल कार्यभारका साथ नेपाली कांग्रेस र नेकपा मोओवादी केन्द्र लगायतका राजनीतिक दलहरुवीचको सहकार्यमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति समेत तोकि त्यसलाई आवश्यक पर्ने महत्वपूर्ण कानुनी व्यवस्था सुनिश्चित भै सकेको अवस्थामा हठात नेकपा माओवादी केन्द्रको एमालेसँग चुनावीतालमेल गर्ने निर्णयलाई अस्वभाविक रुपमा लिएको जनाउँदै माओवादी केन्द्र दलहरुवीच भएको ६ वुँदे सहमतिले सरकारको वर्तमान गठवन्धन निर्माण गर्दा भएको ३ वुँदे सहमति माओवादी केन्द्रले तोडेको यो वैठक ठहर गरेको उल्लेख गरिएको छ ।

त्यस्तै संविधान कार्यान्वयन, राष्ट्रिय एकता र विभिन्न जाति तथा समुदाय वीचको सद्भाव र विश्वासका आधारमा देशलाई संमृद्धि र विकासको मार्गमा अगाडि बढाउने भन्दापनि विभाजनको मानसिकतालाई प्रोत्साहन गर्दै लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भाव समेतलाई कमजोर पार्ने तर्फ उन्मुख हुँदै आएको नेकपा एमालेसँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यक रुपमा धु्रवीकरण तर्फ धकेल्दै गरिएको छ ।

साथै विज्ञप्तिमा लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर पार्दै निरकुंशता र अधिनायकवादलाई प्रोत्साहित गर्ने, सामाजिक सद्भाव र एकतालाई कमजोर गर्दै राष्ट्रिय एकतालाई कमजोर पार्ने, विधिको शासनमा आधारित लोकतान्त्रिक पद्धतिमार्फत देशमा समृद्धि सृजनागर्दै आम जनताको पहुँचमा पु¥याउने सोचलाई कमजोर पार्ने प्रवृत्तीलाई दृढताका साथ नेपाली कांग्रेसले सामना गर्नेछ र यी प्रवृत्तीलाई हामी पराजीत गर्ने छौं ।  शान्ति प्रकृयाबाट विकसित भएको नेपालको राजनीति सहमति, सहकार्य र मेलमिलापको कार्यदिशावाट संविधानको कार्यान्वयनसम्म आइपुगेको तथ्य सर्वविदितै छ । यहि बाटोवाट नै देशमा दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक संमृद्धि हुनसक्छ भन्ने हाम्रो दृढ विश्वास रहेको जिकिर सहित विकसित परिस्थितिवाट नेपाली कांग्रेस विचलित नभै राष्ट्रिय एकता, लोकतान्त्रिक शासन, शान्ति प्रकृया र संविधान कार्यान्वयनमा जिम्मेवारीका साथ अगाडि बढ्न प्रतिवद्ध रहेको स्पष्ट पार्न चाहन्छौ भनिएको छ ।

 त्यस्तै काँग्रेस सवैसँग सहकार्य गर्न सदैव तत्पर रहेको उल्लेख गर्दै काँग्रेस केन्द्रीय समिति , कार्यकर्ताहरु, शुभचिन्तक र समर्थक, भातृ तथा शुभेच्छुक संस्थासवैलाई राष्ट्रियता, लोकतान्त्रिक मूल्य र मान्यतामाथी हुन थालेको आक्रमणलाई दृढताकासाथ सामना गर्दै एकतावद्ध भएर उच्च मनोवल र सकृयताका साथ आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउन आव्हान गरिएको छ ।   अनपेक्षित र अस्वभाविक  विकसित परिस्थितिमा, मुलकमा प्राप्त उपलव्धीको संरक्षण र सम्वद्र्धन गर्न तथा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराई संविधानको  तथा मुलुकमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक सम्वृद्धिको मार्गमा मुलुकलाई अगाडि वढाउने राष्ट्रिय दायित्व र जिम्मेवारी पुनः नेपाली कांग्रेसको काँधमा  छ । यसर्थ, उपरोक्त दायित्व र जिम्मेवारी पुरा गर्न देशका सबै लोकतान्त्रिक, राष्ट्रवादी र प्रगतिशील राजनीतिक शक्तिका बीचमा आपसी सद्भाव कायम राख्दै सहकार्य र आवश्यकता अनुसार चुनावी तालमेल गरी अगाडि वढ्ने निर्णय गर्दछ भनिएको छ ।