बिहिबार, बैशाख १३, २०८१

९८ हजार २६८ जना म्यादी प्रहरीको लागि भर्ना खुल्यो

  काठमाडौ असोज २४, आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ ।  मंसिर १० र २१ गते हुने चुनावका लागि सुरक्षा प्रदान गर्न नेपाल प्रहरीको मानव स्रोत विकास विभागले ९८ हजार २६८ जना म्यादी प्रहरीको आवश्यकता सहित भर्ना खोलेको हो ।

म्यादी प्रहरीमा इच्छुक र योग्यता पुगेका व्यक्तिले आजदेखि यही ३० गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीको मानव स्रोत विकास विभागको सूचनामा उल्लेख गर्नुको अलावा काठमाडौं, भक्तपुर, ललितपुरका प्रहरी परिसर र ७२ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सक्ने विभागले जनाएको छ ।

त्यस्तै म्यादी प्रहरीका लागि आवेदन दिने व्यक्ति नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त र साधारण लेखपढ गर्न सक्ने १८ वर्ष पुगेको र ५४ बर्ष ननाघेको नेपाली नागरिकले हुनु पर्ने र ५५ दिनका लागि नियुक्त गरिने उनीहरुले आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले ५५ दिनका लागि पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउने व्यवस्था रहेको सूचनामा उल्लेख गरिएको छ ।