बिहिबार, बैशाख १३, २०८१

५ सय २९ पूर्वसांसदले रातो पासपोर्ट र सरकारी गाडी किन फिर्ता गरेनन् ?

 काठमाडौ कार्तिक ११, व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको सात दिनभित्र कूटनीतिक राहदानी (रातो पासपोर्ट)फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म ६२ सांसदले मात्रै रातो पासपोर्ट फिर्ता गरेको संसद् सचिवालयस्थित अन्तर्रा्ष्ट्रिय सम्पर्क तथा समन्वय शाखाका अधिकृत विकास बोहराले बताए ।  अझै ५२९ पूर्वसांसदले रातो पासपोर्ट फिर्ता गरेका छैनन् । उनका अनुसार पूर्वसांसदले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयमार्फत निष्क्रिय बनाउन सक्ने भए पनि त्यसको जानकारी सचिवालयलाई गराउनुपर्छ ।   त्यस्तै व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको सात दिनभित्र आफूले प्रयोग गरेको सवारीसाधन फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, संसद्को कार्यकाल सकिएको १२ दिन बितिसक्दासमेत सरकारी गाडी प्रयोग गर्ने २५ मध्ये ६ जनाले मात्र गाडी फिर्ता गरेका छन् ।

  गाडी फिर्ता नगर्ने पूर्वपदाधिकारी :   गंगाप्रसाद यादव, पूर्वउपसभामुख–चिनकाजी श्रेष्ठ, कांग्रेस प्रमुख सचेतक–रेखा शर्मा, माओवादी केन्द्र प्रमुख सचेतक–कुन्तीकुमारी शाही, राप्रपा प्रमुख सचेतक–योगेन्द्र चौधरी, फोरम लोकतान्त्रिक प्रमुख सचेतक–जंगीलाल यादव, राजपा प्रमुख सचेतक–ईश्वरी न्यौपाने, कांग्रेस सचेतक–सीता नेपाली, माओवादी केन्द्र सचेतक–गोकुल घर्तीमगर, एमाले सचेतक–प्रकाश ज्वाला, अर्थ समिति सभापति–भीष्मराज आङदेम्बे, उद्योग वाणिज्य तथा उपभोक्ता समिति सभापति–मोहन बराल, कृषि तथा जलस्रोत समिति सभापति–गंगा चौधरी सत्गौवा, विधायन समिति सभापति–रञ्जुकुमारी झा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समिति सभापति–सुशीलकुमार श्रेष्ठ, सामाजिक न्याय तथा मानवअधिकार समिति सभापति–डोरप्रसाद उपाध्याय, सार्वजनिक लेखा समिति सभापति–कुलबहादुर गुरुङ, संसदीय सुनुवाइ विशेष समिति सभापतिगाडीको इन्धनसमेत सरकारी खर्चमै  पदाधिकारीले प्रयोग गरेको सवारीमा आवश्यक पर्ने मोबिल तथा इन्धनसमेत सरकारले उपलब्ध गराउँदै आएको छ ।

यो शीर्षकमा विभिन्न दलका प्रमुख सचेतक, सचेतक तथा समिति सभापतिले अझैसम्म राज्यकोष प्रयोग गर्दै आएका हुन् । सरकारी गाडी लिएर गृहजिल्ला जाने, चुनावी प्रचारमा प्रयोग गर्ने गरेको पाइएको संसद् सचिवालयका एक कर्मचारीले बताए । सरकारी गाडी प्रयोग गर्दै आएका पूर्वसांसदलाई गाडी फिर्ता गर्न एसएमएसमार्फत आग्रह गरिएको संसद् सचिवालयस्थित सवारीसाधन व्यवस्थापन शाखाका प्रमुख नेत्रबहादुर कार्कीले बताए ।  –नयाँ पत्रिकाबाट