मङ्लबार, बैशाख ११, २०८१

५ लाख कर्मचारी र सुरक्षाकर्मी मताधिकारबाट वञ्चित हुँदै

काठमाडौ कात्तिक १२ आसन्न प्रदेश र प्रतिनिधिसभा निर्बाचनको काममा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मी मतदान गर्ने अवसरबाट बञ्चित हुने भएका छन् । निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, म्यादी प्रहरीको अस्थायी मतदाता नामावलीको व्यवस्था नभएकाले उनीहरुले समानुपतिक निर्बाचनमा समेत मतदान गर्न नपाउने भएको खवर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित रहेको छ ।

त्यस्तै खवरमा निर्बाचन आयोगले सरकारी कर्मचारी, सुरक्षाकर्मीका लागि अस्थायी मतदाता नामावलीको व्यवस्था गर्ने, नगर्नेबारे अन्तिम निर्णय भने गरिसकेको छैन्  प्रदेश र प्रतिनिधीसभाको मतपत्र एउटै भएका कारण अस्थायी मतदाता नामावलीको व्यवस्था गर्न सम्भव नभएको आयोगका एक आयुक्तले जानकारी दिए ।  उनका अनुसार फरक फरक प्रदेशबाट मतदान गर्नुपर्ने अवस्थामा प्रदेश सभाको समानुपातिकको मतमा समस्या हुने उल्लेख गरिएको छ ।