मङ्लबार, बैशाख ११, २०८१

५/५ प्रस्तावक र समर्थक सहित विना धरौटी यस्तो छ मुलुकको राष्ट्रपतिको उम्मेद्वार बन्न आवश्यक योग्यता

 काठमाडौ असोज २३ ,  राष्ट्रपतिको उम्मेद्वार बन्न आवश्यक योग्यता :

  •   वंशजको आधारमा नेपाली नागरिक भएको

  •  कम्तीमा पैतालीस वर्ष उमेर पूरा भएको, 

  •  कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको,

     कुनै सङ्घीय कानूनले अयोग्य नभएको,

  •  कुनै लाभको पदमा बहाल नरहेको ।  अवैध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति उम्मेद्वार बन्न पाउँदैनन् ।

  •  सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तब्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति पनि राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न पाउँदैनन् ।

 व्यवस्थापिका–संसद्लेको आइतवार बसेको बैठकले ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक पारित गरेसंगै प्रस्तुत विधेयकसंगै जोडिएको निती र विधिको सर्वत्र चर्चा सुरु भएको छ । यो विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएसंगै लागु हुनेछ ।  त्यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि वा अन्य कुनै कारणले पद रिक्त भए पद रिक्त भएको एक महिनाभित्र निर्वाचन भइसक्ने गरी निर्वाचन आयोगले मिति तोक्नुपर्ने व्यवस्थासहित प्रस्तुत विधेयक पारित गरिएको छ । साथै पारित विधेयकमा उल्लेखभएअनुसार राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने उल्लेख गरिएको छ  ।

यसअघि पारित विधेयक व्यवस्थापिकासंसदमा छलफलको् लागि प्रस्तुत हुँदा  सरकारले राष्ट्रपतिको उम्मेदवार बन्न एक लाख र उपराष्ट्रपतिको उम्मेदवार बन्न ७५ हजार रुपैयाँ धरौटीको सहितको प्रस्ताव उपर १८ सांसदले एकल तथा संयुक्त गरी १० वटा संशोधन प्रस्ताव दताए राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न धरौटी राख्नुनपर्ने तथा प्रस्तावक पाँचजना र समर्थक पाँचजना सांसद भए पुग्ने गरी संसद्ले विधेयक पारित गरेको हो । पारित विधेयकअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्यले मतदान गर्नेछन् । संघीय संसद्मा प्रतिनिधिसभाका प्रत्यक्षका १६५, समानुपातिक ११० र राष्ट्रिय सभाका ५९ गरी ३३४ सदस्य रहन्छन् ।  त्यस्तै, प्रदेश सभामा प्रदेश सभामा प्रत्यक्ष निर्वाचित ३३० र समानुपातिकबाट आउने २२० गरी ५५० सदस्य रहने व्यवस्था छ । सोहीअनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेश संसद् गरी कुल ८सय८४ जना मतदाताले प्रस्तुत निर्वाचनमा मतदान गर्ने छन ।