शनिबार, बैशाख ८, २०८१

२३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा

काठमाडौ असोज १९,  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्वको असोज २४ ताजिकिस्तानमा हुने चौथो खेलको लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको बुधवार घोषणा गरेको छ ।

घोषित नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीलाए उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार टोलीको गोलरक्षकमा एलन न्यौपाने, बिकेश कुथू र किरणकुमार लिम्बू, सहित मिडफिल्डर’मा भरत खवास, सुनिल बाल, विशाल लाई, हेमन्त थापामगर र सुजल श्रेष्ठ छन् भने ‘स्ट्राइकर’मा बिमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, नवयुग श्रेष्ठ र अञ्जन विष्ट रहेका छन ।
त्यस्तै डिफेण्डरमा देवेन्द्र तामाङ, बिराज महर्जन, अनन्त तामाङ, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ, राजेन्द्र रावल र दिनेश राजवंशी रहेका छन ।

 स्मरण रहोस पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो भने काठमाडौँमा भएको दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै गत भाद्र २० गते तेस्रो चरणको खेलमा नेपाल घरेलु मैदानमा ताजिकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो