बिहिबार, बैशाख ६, २०८१

स्मृत्ति भेट्रान्सको उपाधि शुभारम्भलाइ

काठमाडौं असोज २९,  किङकम स्पोर्टस क्लबले आयोजना गरेको प्रथम स्मृत्ति भेट्रान्स फुटबल २०७४ प्रतियोगिताको सफलताका साथ सम्पन्न भएको छ । जसमा शुभारम्भ युथ क्लबले बिजेताको उपाधि जितेको छ । गोल्डेनगेट इन्टरनेसनल कलेज र शुभारमम्भ युथ क्लब बिच भएको फाइनल खेलमा शुभारम्भले २-१ को गोलअन्तरले उपाधि हात पारेको छ । उपाधि संगै शुभारम्भ युथ क्लबले नगद रु १ लाख हात पार्यो भने उपविजेता गोल्डेनगेट इन्टरनेसनलले रु ५० हजार रुपैयाँ नगद पुरस्कारमा चित्त बुझायो।

खेलमा शुभारम्भ क्लबले खेलको ५ औ मिनेटमा फ्रीकिकमा शानदार गोल गरेको थियो भने खेलको १० औ मिनेटमा गोल्डेनगेटले बराबरी गोल फर्कायो र त्यसैगरि खेलको पहिलो हाल्फ़ बराबरीमा सकिएको थियो। दोस्रो हाल्फ़मा शुभारम्भ क्लबलाई जीत दिलाउनका लागि विकर्ण श्रेष्ठले बललाई जाली चुमौदै जीत सुनिश्चित पारे।

प्रतियोगितामा सर्वोत्कृष्ट टिमको उपाधि थापागाउँ टोल सुधार समितिले हात पार्यो । त्यसैगरी सर्वोत्कृष्ट खेलाडी तथा डिफेन्डरमा किङ कम क्लबका प्रताप शाक्य र उत्त्कृष्ट गोलकिपरमा राज सिंह पुरस्कृत भए । असोज २१ बाट सुरु भएको प्रतियोगितामा ३ बर्षीय क्यान्सर पिडित बालक प्रत्युश थापालाई १ लाख १ हजार सहयोग स्वरुप रकम हस्तान्तरण गरिएको थियो ।