शनिबार, बैशाख ८, २०८१

सक्रिय राजनीतिमा चासो देखाउँदै राजदुत उपाध्यायले गरे राजीनामा

काठमाडौं असोज २० , भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले परराष्ट्र मन्त्रालयमार्फत राजीनामा प्रधानमन्त्रीसमक्ष राजीनामा प्रस्तुत गरेका हुन् ।

राजदुत उपाध्याय निकट स्रोतका अनुसार सक्रिय राजनीतिमा फर्कनका लागि उहाँले राजीनामा दिनु भएको बुझिएको छ । त्यस्तै राजदुत उपाध्यायले आसन्न निर्वाचनमा दिनु प्रतिनिधि सभा निर्वाचन चुनाव लड्न योजनामा रहेको थाहा भएको छ । राजदुत उपाध्यायले नेपाल र भारतवीचको सम्बनधमा तिक्तता आएको समयमा भारतमा राजदूतको रुपमा रहेर सम्बन्ध सकारात्मक बनाउन काम गर्नु भएको थियो ।