शुक्रबार, चैत्र १६, २०८०

संसद् बैठक : राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक पारित

काठमाडौ असोज २२,  व्यवस्थापिका–संसद्को आज बसेको बैठकले ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । यसअघि प्रस्तुत विधेयक गणपूरक संख्या नपुगेर पारित हुन सकेको थिएन ।

 त्यस्तै बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रूतुत गर्नु भएको ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ त्यस्तैगरि प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, र उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४ पनि सर्वसम्मतिले पारित गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै गरि महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले ‘महिला आयोग विधेयक पनि पारित गरेको छ ।  व्यवस्थापिका–संसद्को अर्को बैठक यही असोज २४ गते दिउँसो १ बजे बस्नेछ ।