शुक्रबार, चैत्र १६, २०८०

संशोधित समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँन दलहरु आन्तरिक छलफलमा

काठमाडौ कात्तिक १२ ,  निर्वाचन आयोगले आयोगमा गत असोज २९ गते राजनीतिक दलहरुले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा आज अन्तिम संशोधनका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय दिएको छ ।  आयोगका अनुसार समानुपातिक उम्मेदवारको बन्दसूचीमा कसैको नाम संशोधन  गर्ने भए सोको लागि आजसम्मको समय दिएको हो ।

यसैवीच बन्दसूची संशोधन गरी उम्मेदवार थपघट गर्न दलहरु आज बिहानैदेखि आन्तरिक छलफल सहित सूचीमा हेरफेर गरेर उम्मेदवारको अन्तिम सुची आजै निर्वाचन आयोगमा बुझाउँने तयारीमा रहेको बुझिएको छ ।  आयोगले समानुपातिक उम्मेदवारहरुको प्रारम्भिक सूची कार्तिक १७ र मंसिर ३ गते अन्तिम नामावली सार्वजनिक गर्ने भएको छ ।