शनिबार, बैशाख ८, २०८१

व्यवस्थापिका संसदको बैठक: दर्जनभन्दा बढी महत्वपूर्ण विधेयक निर्णयनार्थ पेश हुँदै

 काठमाडौ असोज २०, व्यवस्थापिका संसदको आज१ बजेबाट सुरु हुने बैठकमा एक दर्जनभन्दा बढी महत्वपूर्ण विधेयक निर्णयनार्थ पेश हुने कार्यसूची रहेको छ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख भएअनुसार   विकास समितिका सभापति श्री रविन्द्र अधिकारीले “विकास समितिको वार्षिक प्रतिवेदन, २०७४” ,, विधायन समितिका सभापति श्री गंगा चौधरीले “विधायन समितिको वार्षिक प्रतिवेदन, २०७४” सहित स्वास्थ्य मन्त्री श्री गिरिराजमणि पोखरेलले “राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ अर्थ मन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्कीले  अर्थ समितिको प्रतिवेदन सहितको अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४ र अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४ त्यस्तैगरि अर्थ समितिको प्रतिवेदन सहितको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक २०७४ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ ।

त्यस्तैगरि गृह मन्त्री श्री जनार्दन शर्माले “राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७४ र राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७४” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्नुको अलावा “राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक, २०७४” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत  प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

त्यस्तै कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री यज्ञबहादुर थापाले विधायन समितिको प्रतिवेदन सहितको प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक २०७४ र “विधायन समितिको प्रतिवेदन सहितको उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक सम्बन्धी विधेयक, २०७४ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ ।
साथै सामान्य प्रशासन मन्त्री श्री टेकबहादुर बस्नेतले  राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको कर्मचारी समायोजन विधेयक, २०७४  महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको प्रतिवेदन सहितको राष्ट्रिय महिला आयोग विधेयक प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ ।