शुक्रबार, चैत्र १६, २०८०

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक प्रमाणीकरण

 काठमाडौ कार्तिक ६,  राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, २०७४ प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख भएअनुसार अनुसार राष्ट्रपति भण्डारीले आज उक्त नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको हो ।