शुक्रबार, चैत्र १६, २०८०

वार्षिकोत्सवको अवसरमा प्रभातफेरी

 काठमाडौं असोज २९, सनराइज बैंक लिमिटेडले आफ्नो १०औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । “हामी सङ्ग–सङ्गै” भन्ने मूल नाराका साथ बैंकको प्रधान कार्यालय गैह्रिधारा बाट शुभारम्भ गरिएको उक्त कार्यक्रममा बैंकका संचालक समितिका संचालक डा। भोगेन्द्र गुँरागाई, ई.बच्छराज तातेड, ज्योति कुमार बेगानी, दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गर्नु भएको थियो ।

त्यस्तै प्रभातफेरीमा बैकका नायब महाप्रबन्धकहरु आशा राणा अधिकारी, अपछ कुमार यादब, रबिन कुमार नेपाल, सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रका साथै बैंकका कर्मचारीकोे सहभागिता रहेको थियो ।

त्यस्तै वार्षिकउत्सवको अवसरमा देशब्यापी रुपमा अन्य सामाजिक कार्य जस्तै रक्तदान कार्यक्रम, बाग्मती सरसफाइ कार्यक्रम, कम्प्युटर वितरण, तथा देश भरिका शाखा मार्फत वातावरण सरसफाई, सरकारी विद्यालयमा अध्ययनरत गरिब बालबालिकालाई शैक्षिक सामाग्री वितरण, निःशुल्क आखाँ जाँच, बृद्घाश्रम तथा अनाथालयमा आर्थिक सहयोग, धार्मिक एवं पूरातात्विक स्थलको संरक्षण तथा प्रवर्धनमा टेवा पुग्ने खालका कार्यक्रमहरु आयोजना गर्��े कार्यक्रम रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।