शुक्रबार, चैत्र १६, २०८०

वरिष्ठ पत्रकार प्रधानको निधन

 काठमाडौ असोज २१ , जन्मभुमि साप्ताहिकका प्रधान सम्पादक गणेशबल्ल्भ प्रधानको ब्लुक्रस नर्सिङ होममा उपचारका क्रममा निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित वरिष्ठ पत्रकार प्रधान ८३ वर्षका उमेरमा गए राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।  वरिष्ठ पत्रकार प्रधानको निधनप्रति नेपाल पत्रकार   महासंघ,  http://www.kantipurhotline.com लगायतका सञ्चारसम्वद्ध संघसंस्थाले श्रद्धाञ्जली अर्पण गर्दै समवेदना प्रकट गरेका छन ।

 राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष समेत रहेका स्व प्रधानका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । पत्रकार प्रधानको आज ९ बजे पशुपति आर्यघाटमा अन्टेष्टि गरिदै छ ।  स्व प्रधानका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । स्व प्रधानको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।