बिहिबार, बैशाख १३, २०८१

लोकप्रिय जनमत सहित परिवार दलका केन्द्रीय सदस्य रोक्का कांग्रेसमा

काठमाडौ असोज ३०,  आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाइ दृष्टिगत गर्दै स-साना पार्टी मात्र नभएर मुलुकका ठूला भनाउँदा प्रमुख दलवीच समेत चुनावी तालमेल सहित एक पार्टीले अर्को पाटीसंगको एकता वा विलयको गर्ने वातावरण मौलाउँदै पार्टी विलयको श्रृखलाले प्रशय पाउँदै गएको छ ।  पार्टी विलयको श्रुखलालाइ हेर्ने हो भने अव मुलुकमा लोकतान्त्रिक र वाम घटक र केहि स्वतन्त्र राष्ट्रवादी पार्टीको मात्र अस्तित्व रहने लगभाग निश्चित भएको छ ।

त्यस्तै यसवीचमानै पार्टी प्रवेश गर्ने व्यक्तिको जनाधार लोकप्रियताको कुनै मापन नगरी पार्टी परिवर्तनको श्रृखलाले समेत प्राथमिकता पाउँदै आएको छ । फलानो पार्टी परित्याग गर्दै ढिस्कानो पार्टीमा प्रवेश शिर्षकका समाचार आजभोली सञ्चारमाध्यममा उल्लेख्यरुपमा सुन्न र पढ्न पाइन्छ । र यसलाइ पार्टीका शिर्ष नेतृत्वले नाफा घाटाको जोखाना गर्दै आफ्नो प्रतिष्ठा र गौरव समेत मान्दै आएको अवस्था छ । यदि जनाधार र लोकप्रयता भएको व्यक्ति भए त राम्रो नै होला तर प्रचारका लागि पार्टी प्रवेश गर्ने व्यक्तिबाट भने शिर्ष नेतृत्व सचेत हुनु आवश्यक भइसकेको छ ।

यसैक्रममा संविधान सभाको निर्वाचन २०७० मा काठमाडौंको क्षेत्र नं ४ बाट नेपाल परिवार दलको उम्मेदवार बनेका गोकुल रोक्का आफ्नो लोकप्रिय जनमत सहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।   राजनितीलाइ कमाउ मार्गकोरुपमा अख्तितयार गर्दै सत्ता र भत्ताको लागि लागि नेकपा एमाले र माओवादी लगायतका दलवीच भएको बाम एकतामा आफु आवद्ध पार्टी परिवार दल पनि विलय भएपछि आफ्नो आस्था र प्रतिष्ठामा समेत चोट पुगेको बताउँदै मुलुकमा काँग्रेस एकमात्र लोकतान्त्रिक र मुलकको सर्वाङगीण विकासका लागि प्रतिवद्ध पार्टी भएको ठहर सहित निष्ठा आर्दशको राजनितीका पक्षपाती रोक्का काग्रेसमा प्रवेस गरेको हो । नवप्रवेसी रोक्कालाइ काँग्रेस नेता प्रकाशमान सिंहले राजधानीमा आयोजित एक कार्यक्रमकावीच पार्टीमा स्वागत गर्नु भएको थियो ।