बिहिबार, बैशाख ६, २०८१

ललितपुरमा कार्तिक ७ देखि Jyapu Museum Fiesta हुँदै

काठमाडौं कार्तिक ५, ज्यापु समाज ललितपुरको आयोजनामा  “Jyapu Museum Fiesta-2017” को आयोजना हुने भएको छ ।  कार्तिक ७ गते देखि ९ गतेसम्म हुने उक्त कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले सुभारम्भ गर्ने कार्यक्रम तय भएको जानकारी आज ज्यापु प्रज्ञा भवन ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक समितिले दिएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा आन्तरिक एवं बाह्य पर्यटन नेपालको आर्थिक विकासको मेरुदण्ड भएको र यसको समय सापेक्ष प्रबद्र्धन गर्दै जानु आम नेपाली समुदायको दायित्व भएको जिकिर गर्दै कार्यक्रमको मुलत लक्ष्य भनेको महोत्सवको माध्यमबाट ज्यापु समुदायले जीवनयापनको क्रममा आफ्नो निर्वाह गर्दै आएका संस्कार, चालचलन, सांस्कृतिक एवं सामाजिक पक्षको विविध प्रस्तुति तथा प्रदर्शनी गर्नु रहेको बताईएको छ ।

ज्यापु संग्रहालयको अवलोकनका साथै कार्यक्रमका प्रमुख आकर्षणमा झण्डै ३५० वर्ष पुरानो झ्यालेचा अवलोकन लोप भैसकेका सीप र संस्कृतिको प्रत्यक्ष अनुभूति सहितको अवलोकनका साथै स्थानिय जीवन शैलीसंग प्रत्यक्ष साक्षात्कार गर्दै ललितपुरको उत्तरी भेगको एकल घोडे जात्रा, भिन्द्योलाछी टोलमा जीवन्त संस्कृति प्रदर्शन, क्वय्लाछी च्यासलमा झ्यालेचा तथा झण्डै २००० वर्ष पुरानो गजलक्ष्मी, च्यासल टोलमा महाराज योगनरेन्द्र मल्लका कान्छी श्रीमती टेपे महारानी, खपिन्छें टोलमा आकाश भैरब, चाछें टोलमा माटोको चैत्य, भेलाछें टोलमा अवालेको मौलिक कार्यको जीवन्त प्रदर्शन, गःछें टोलमा नेवारी भोजको रस्वादनसंगै च्यबुगाहिटी टोलमा सांस्कृतिक डकुमेन्ट्री प्रदर्शन, लोल टोलमा माटोबाट बनाईएका हस्तकला प्रदर्शनी गरिने भएको छ ।