शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रिय राजनीतिमा पहिचान बनाएका नेता को ? काहाँबाट चुनाव लड्दै ? 

काठमाडौ कात्तिक ५ आसन्न् मंसिर १० मा ३२ जिल्लामा हुने पहिलो चरणको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्तिका राष्ट्रिय राजनीतिमा पहिचान बनाएका नेताहरुले चुनावी प्रतिष्पर्धा गर्ने भएको छ ।

यसरी निर्वाचनमा होमिएका शीर्ष नेताहरुले आज निर्वाचनको लागि मनोनयन दर्ता गर्ने क्रममा रहेका छन । यसरी आज मनोनयन दर्ता गर्ने क्रममा नुवाकोटबाट कांग्रेसका प्रभावशाली नेताद्दय अर्जुननरसिंह केसी र डा.रामशरण महत ,गोर्खा–१ बाट कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठ त्यस्तै गरि एमालेका नेता योगेश भट्टराई ताप्लेजुङबाट , गोरखा–२ बाट डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ रहेका छन ।

त्यस्तैगरि लमजुङबाट माओवादी नेता देव गुरुङ, रोल्पाबाट माओवादी नेता वर्षमान पुन र रुकुम पश्चिमबाट माओवादीका नेता जनार्दन शर्मा र जाजरकोटबाट पूर्व गृहमन्त्री शक्ति बस्नेत र कांग्रेसका राजीवविक्रम शाह त्यस्तैगरि सिन्धुपाल्चोकले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा , माओवादी केन्द्रका अग्नि सापकोटा कांग्रेसका मोहनबहादुर बस्नेत लगायतका रहेका छन ।