बिहिबार, बैशाख ६, २०८१

राष्ट्रिय एकता अभियान मुलुकको पहिलो आवश्यकता

काठमाडौं असोज २१ ,लोककल्याणकारी जनता पार्टीले राजधानीमा आज शुभ विजया दशमी ,दीपावली ,नेपाल संवत र छठपर्वको अवसर पारेर राष्ट्रिय एकताको लागि हाम्रो अभियान  भन्ने मुल नारा सहित शुभकामना आदान-प्रदान एवम् अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

मुलुकुकको पछिल्लो राजनैतिक घटनाक्रम  तथा आसन्न प्रतिनिधी र प्रदेशसभाको निर्वाचन केन्द्रीत उक्त कार्यक्रममा राप्रपाका नेता डा प्रकाशचन्द्र लोहनी, विपि चिन्तन तथा राष्ट्रिय एकता अभियानका अध्यक्ष हरिवोल भटटराइ , नेपाली सेनाको पूर्व प्रधानसेनापती प्यारजंग थापा ,विश्व हिन्दू महासंघका महासचिव  अस्मिता भण्डारी, पत्रकार प्रेम कैदी,  राप्रपा नेता केशर बहादुर विष्ट र लोक कल्याणकारी जनता पार्टीका अध्यक्ष किशोरी महतो लगायतले चाडपर्वको शुभकामना सहित राष्ट्रको मुल आवश्यकता राष्ट्रिय एकता भएको जिकिर गर्दै  एकताबाटनै धर्म सापेक्षता लगायतका माग सम्बोधन हुँने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।