शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपति भण्डारीद्धारा १० विधेयक प्रमाणीकरण

काठमाडौ असोज २९,   राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ बमोजिम आज १० विधेयक प्रमाणीकरण गरेकी छिन् ।व्यवस्थापिका–संसद्को बैठकबाट पारित क्रमस १. राष्ट्रिय दलित आयोग विधेयक, २०७४ २. अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक, २०७४  ३. स्थानीय सरकार सञ्चालन विधेयक, २०७४ ४. थारु आयोग विधेयक, २०७४ ५. प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक, २०७४ ६. उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक, २०७४ ७. राष्ट्रिय महिला आयोग विधेयक, २०७४ ८. मुस्लिम आयोग विधेयक, २०७४ ९. कर्मचारी समायोजन विधेयक, २०७४  १०. राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ रहेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएकोछ।  फोटो :राष्ट्रपतिको कार्यालय