बिहिबार, चैत्र १५, २०८०

रारा र यसको आकर्षण: कञ्चन पानीले घरीघरी रंग फेरिरहन्छ, सिनेमाको फ्रेम बदलिए जस्तै

 काठमाडौं असोज २५,  मुगु जिल्लाको रारा गाविस अन्तर्गत पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो । यसतकैमा यो तालको परिचय समाप्त हुँदैनन सबैभन्दा बढी कविता लेखिएको तालको रुपमा समेत परिचित रहेको छ राराताल ।

त्यस्तै संसारमा सबैभन्दा नीलो पानी कहाँ छ भनेर कसैले सोध्यो भने रारा पुगेको जोसुकैले उत्तर दिन्छ-   रारा तालमा तर राराको तालको पानी सफा र कञ्चन देखिन्छ र पानी सधैँ नीलो हुँदैन, पानीले घरीघरी रंग फेरिरहन्छ। सिनेमाको फ्रेम बदलिए जस्तै  त्यस्तै यस क्षेत्रमा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बर देखि अक्टोबर र अप्रिल देखि मे महिनामा उपयुक्त हुन्छ । डिसेम्बर देखि मार्च महिनासम्म यहाँ हिउपर्ने हुदाँ यहाँको तापक्रम शुन्य भन्दा पनि तल हुने भएकोले यस षेत्रमा भ्रमण गर्नु राम्रो मानिदैनन । यस तालको पानी सफा देखिन्छ । सतहबाट १४ देखि १५ मी। सम्मको गहिराई देख्न सकिन्छ । यसैक्रममा हाम्रा सहकर्मी प्रितमसागर कर्माचार्यले क्लिक गरेका केहि छाँयाचित्र यस्तो छ ।