मङ्लबार, बैशाख ११, २०८१

राप्रपा प्रजातान्त्रिकमा पदाधिकारी मनोनीत

काठमाडौं असोज ३० , राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)अध्यक्ष पशुपतिशम्शेर जवराले आज पार्टीका विभिन्न तह र तप्कामा पदाधिकारी मनोनयन गर्नु भएको छ । पार्टीको विधानत व्यवस्था अनुसार आज मनोनित वरिष्ठ उपाध्यक्षमा दीपक बोहरा त्यस्तै उपाध्यक्षमा  दुर्गा श्रेष्ठ र केशरबहादुर विष्टलाई मनोनयन गर्नुभएको छ । त्यस्तै महामन्त्रीमा राजाराम श्रेष्ठ तथा प्रवक्तामा प्रदीप उदय र किशोरबहादुर कार्कीलाई नियुक्त गर्नु भएको छ ।

 त्यस्तै अध्यक्ष राणाले नवनियुक्त पदाधिकारीलाई स्वागत गर्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रजातान्त्रिक गठबन्धनलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन दिदै जनताको राजनीतिक अधिकारलाई प्रजातान्त्रिक धारले मात्र संरक्षण गर्न सक्ने विचार व्यक्त गर्नुभएको प्राप्त् समाचारमा उल्लेख गरिएको छ ।