बिहिबार, चैत्र १५, २०८०

राजधानीबाट २८ लाख ५० हजार मूल्य बराबरको पटका बरामद

काठमाडौं कात्तिक १,  चाड तिहार नजिकिएसँगै महानगरीय प्रहरी परिसरले काठमाडौले राजधानीका विभिन्न भागबाट रु २८ लाख ५० हजार मूल्य बराबरको पाँच हजार थान पटका बरामद गरेको छ ।

नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाइ ठूलो परिमाणमा पटका भित्रियाउने गरेको प्रहरी जनाएको छ ।

परिसरले आज पत्रकार सम्मेलन गरी गोँगबु, गौशाला, असन, थानकोट, कालीमाटी, कोटेश्वर, बानेश्वर, कमलपोखरी, महाराजगञ्जलगायत क्षेत्रबाट चार हजार ९३३ थान पटाका बरामद गर्नुको अलावा पटाका कारोबार गर्नेलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएको जवनकारी दिएको छ । त्यस्तै पत्रकार सम्मेलनमा बरामद गरिएको पटकालाई परिसरमा पानी हालेर नष्ट गरिएको बताएको छ ।