मङ्लबार, बैशाख ४, २०८१

राजधानीको मुटु असनचोकमा असं चालं मनाइयो (फोटो फिचर सहित)

काठमाडौं असोज १६, वडादशैंको एघारौं दिन आइतवार एकादशीका दिन राजधानीको मुटुमा अवस्थित असनचोकमा विशेष खड्ग जात्रा अर्थात असं चालं मनाइएको छ । यस जात्रामा मुलत तुलाधर गुठी समुदायका सबभन्दा कान्छो सदस्यलाइ थकालीको रुपमा खड्ग जात्रामा सरिक गराउँने परम्परा रहेको छ । यसैक्रममा यसपटक दिपेस रत्न तुलाधर र सिसिली तुलाधरका तेस्रो सन्तान २ वर्षिय सायोन तुलाधरलाइ थकालीको रुपमा सरिक गराइएको छ ।  त्यस्तै जात्राको शुभारम्भको क्रममा असन ज्यापु समुदायको असन कुम्ह गुठीको तर्फबाट १४ कन्या कुमारी र २ कुमार केटा गणेश र कुमारलाई तान्त्रिक विधिद्वारा पूजा गरी कुम्ह (मरःजा) ग्रहण एवम् बाजागाजा सहितको समूह असन स्थित तुलाधर देवघरमा पु-याई जात्रा शुरु गरिएको थियो ।