बिहिबार, बैशाख ६, २०८१

राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल सवारी साधनमुक्त क्षेत्र घोषित

काठमाडौ असोज ३१, राजधानीको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेल अव सवारी साधनमुक्त क्षेत्र हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौं महानगरपालिका र ठमेल विकास परिषद् र स्थानीयको अगुवाइमा पर्यटकीय क्षेत्र ठमेलमा सवारी चापका कारण सडक अव्यवस्थित भएपछि सुधार्नेका लागि कात्तिक ५ गतेदेखि अत्यावश्यक सवारी साधनबाहेक ठमेल क्षेत्रमा अरु सवारी साधनलाई प्रवेशमा कडाइ गरिने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार ठमेलभित्र सवारी निषेध गरिएसंगै पार्किङको समस्यालाई दृष्टिगत गरी ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानमा पार्किङको समेत व्यवस्था गर्ने जानकारी दिदै महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई कडाइ गर्न लागिएको जानकारी दिए । ‘अत्यावश्यक सवारी साधनलाई ठमेलभित्र जान आउनका लागि पासको व्यवस्था गरिने पनि उहाँले बताउँनु भएको छ ।

काठमाडौँ महानगरपालिकाको १६, १७, २६ र २८ वडा समेटिएको ठमेल क्षेत्रमा लागु हुँने नयाँ व्यवस्था अनुरुप अव उपरान्त ज्याठा मार्ग, त्रिदेवी मार्ग दुईतर्फी हुने, ठँहिटीबाट ज्याठा आउन मोटरसाइकललाई दुईतर्फी गर्ने, वैशाली होटलबाट जाँदा दायाँ मोड्न नपाइने, क्षेत्रपाटीदेखि जेपी मोड हुँदै ठँहिटीसम्म मोटरसाइकललाई दुईतर्फी जान दिने  त्यस्तै त्रिदेवी मार्गबाट मात्र जान पाउने, ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने सवारी साधनलाई कडाइ गरिने, ठाउँठाउँमा ट्राफिक संकेत सहित एथानीय होटलमा आवश्यकतानुसार सवारी साधनको व्यवस्था गरिने जानकारी दिइएको छ ।

यसअघि ठमेल क्षेत्रमा बढ्दो असुरक्षाका कारण त्यस क्षेत्रमा हुँदै आएको यावत विकृति तेस्रो लिङगीको जमघट लुटपाट जस्ता घटनालाइ निमुर्लिकरण गर्नका लागि अभियानको सञ्चनलन समेत हुँदै आएको छ ।