बुधबार, बैशाख १२, २०८१

यस्तो छ टेलिकमको दिपावली अफर

काठमाडौ कार्तिक १ , नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसर पारेर जीएसएम र सीडीएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस सहित आफ्ना ग्राहकहरुलाइ  विभिन्न सेवामा थप छुटको घोषणा गरेको छ ।  कम्पनीका अनुसार आजबाट लागु भएको यो छुट अफर आगामी शुक्रबारसम्म उपलब्ध हुने जनाउँदै टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले टेलिकमकै नेटवर्कभित्र हुने एसएमएस सेवामा पनि ५० प्रतिशत छुट दिइनेछ जानकारी दिनु भएको छ । ।

त्यस्तै गरि टेलिकमले २१ दिने समयसिमाको यु–ट्यूब डाटा प्याक रु १०० मा एक जीबी डाटा , रु ६० मा ५०० एमबी डाटा भोल्यूम प्राप्त हुने र त्यसको अवधि १४ दिनको हुने टेलिकमले जनाएको छ ।

यस्तै, रु रु २०० मा १७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइएकोमा कात्तिक महिनाभर १०० स्थानीय कल थप गरी मासिक महसुलमा रु २७५ कल निःशुल्क उपलब्ध गराइनुको अलावा कात्तिक महिनाभर फोरजी सिम निःशुल्क परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ