बिहिबार, चैत्र १५, २०८०

यम पञ्चकको चौथो दिन गोवद्र्धन, गोरु र म्हपूजा गरि मनाइदै

 काठमाडौ कार्तिक ३ , आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन गोवद्र्धनको र गोरुको पूजा आजा गरी मनाइँदैछ । आजैको दिन नेवार समुदायले आफ्नो आत्मा पूजा गरी अर्थात म्ह पूजा गरी आजको पर्व मनाउने गरिन्छ ।

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ ।