शुक्रबार, बैशाख ७, २०८१

मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा

काठमाडौ कात्तिक ९, दोस्रो चरणमा आगामी मंसिर २१ गते ४५ जिल्लामा  हुने  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौं जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित राजधानीको राष्ट्रिय सभागृहमा काठमाडौं क्षेत्र नम्बर १, २, ३ र ४ का निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
त्यस्तैगरि क्षेत्र नम्बर ५ र ७ को कार्यालय जलविद्युत् आयोजनाको कार्यालय, नयाँ बानेश्वर थापागाउँमा स्थापना गरिएको छ भने क्षेत्र नम्बर ६ को कार्यालय जिल्ला समन्वय समितिको कार्यालय बबरमहल , क्षेत्र नम्बर ८ को भूसंरक्षण, विभाग बबरमहल त्यस्तैगरि क्षेत्र नम्बर ९ र १० को निर्वाचन अधिकृतको कार्यालय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो चरण अन्र्तगत ४५ जिल्लामा प्रदेश नं १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नं ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुरबाट प्रतिनिधि सभातर्फ १२८ र प्रदेश सभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30