शुक्रबार, चैत्र १६, २०८०

मा.के पोलिटब्यूरो बैठक: माओवादी केन्द्र काँग्रेससंगको विगतको समझदारी अनुरुप अघि बढने

काठमाडौं असोज २२ , सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रको राजधानीमा सम्पन्न पोलिटब्यूरो बैठकले आसन्न् प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न नभएसम्म सरकार नछाडने निर्णय गरेको छ । सरकारमा निर्वाचन सम्पन्न गराउने दायित्व पूरा गर्न सहभागी भएकै कारण प्रमुख सत्तारुढदल नेपाली काँग्रेससंग भएको विगतको समझदारी अनुरुप अघि बढने निर्णय लिइएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन ।

यसअघि काँग्रेस सम्पन्न केन्द्रीय समितिको बैठकले पनि माओवादी केन्द्रलाइ  मुलुकको मुल एजेन्दा अन्र्तगत संविधान कार्यान्वयन र चुनाव सम्पन्न गर्ने दायित्व पूरा गर्न केन्द्रित हुन ध्यानाकर्षण गराएको थियो ।  त्यस्तै माओवादी केन्द्रको बैठकले एमाले र नयाँ शक्ति पार्टी, नेपालसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति इमान्दारिताका साथ पालना गर्ने निर्णय गरेको बताईएको छ।