बिहिबार, बैशाख १३, २०८१

मन्त्रिपरिषद बैठक : नेपाल सरकारको मुख्य सचिवमा रेग्मी नियुक्त

  •  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा पोखरेलको राजीनामा बैठकले स्वीकृत

  • प्राधिकरणको जिम्मेवारी तत्कालका लागि पूर्वअर्थसचिव युवराज भुसाललाई दिने निर्णय

काठमाडौं कार्तिक ६, आज बसेको मन्त्रिपरिषदको बैठकले मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीले उमेर हदका कारण मंगलबारबाट अवकाश पाउने भएपछि गृहसचिव रेग्मीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।  त्यस्तै बैठकले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै प्राधिकरणको जिम्मेवारी तत्कालका लागि पूर्वअर्थसचिव युवराज भुसाललाई दिने निर्णय गरेको छ ।

 त्यस्तै बैठकले मौजुदा सचिवको जिम्मेवारी हेरफेर गर्ने क्रममा पर्यटन मन्त्रालयका सचिव रहेका शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा र सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई गृहमा र मधुप्रसाद रेग्मीलाइ शिक्षा, हेटौंडाका क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेलाई सामान्य प्रशासनको सचिवमा सरुवा  गर्नुको  अलावा विष्णु ओम बाँडेलाई सह–सचिवबाट सचिवमा बढुवा गरिएको गरिएको सरकारका प्रवक्ता एवं सन्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै सन्चारमन्त्री बस्नेतले मुख्यसचिवका दावेदार ङइन्द्रप्रसाद उपाध्यायलाई लोकसेवा आयोगको सचिवको जिम्मेवारी दिइएको छ भने वन मन्त्रालयका प्रकाश माथेमालाई पशुपंक्षी, लोकसेवा आयोगका मधुप्रसाद रेग्मीलाई शिक्षा, तथा पशुपंक्षीका युवकध्वज जिसीलाई वन मन्त्रालयमा सरुवा गरिएको जानकारी दिनु भएको छ ।

साथै आजको बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकस्थित भूकम्पपीडितका लागि ‘गिरानचौर एकीकृत नमूना’ बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्दा लिखित पारितमा लाग्ने रजिस्टर दस्तुर छुट दिने व्यवस्था स्वीकृत गरेको छ भने  नेपाल सरकार र युरोपियन युनियनबीच निर्वाचनको परिवेक्षणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निणयसमेत बैठकले गरेको छ । लाइभ स्टक्स सेक्टर इनोभेसन प्रोजेक्टका लागि विश्व बैंकबाट ८० मिलियन डलर ऋण सहायता लिने सम्झौतासम्बन्धी वार्ताका लागि टोली गठन गर्ने अख्तियारी दिने निर्णय गरेको जनाएको छ ।