काठमाडौ कार्तिक १ , सर्वोच्चले आज राष्ट्रिय जनता पार्टी उपाध्यक्ष एवं संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई गत असोज २२ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपत्र अलगअलग दुई वटा बनाउनुपर्ने माग गर्दै दायर गर्नु भएको रिट निवेदनको सुनवाइ आज गर्ने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सो निवेदनमाथि यही असोज २४ गते सुनुवाइ गरेको थियो । सुनवाइ पछि जारी कारण देखाउ आदेश पछि मंगलवार अन्तिम छलफल गर्दै आजको लागि सर्वोच्चल निर्णय सुनाउने मिति तय गरेको हो ।