शनिबार, बैशाख ८, २०८१

बाम गठबन्धन लोकतन्त्र र काँग्रेसको लागि चुनौती संगै अवसर पनि हो : प्रम देउवा

काठमाडौ कार्तिक १०, नेपाल तरुण दलको ६४ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाम गठबन्धन लोकतन्त्र र काँग्रेसको लागि चुनौती मात्रै नभएर अवसर भएको बताउँदै लोकतन्त्रमाथि आइपरेको चुनौतीलाइ अवसरमा बदल्नको लागि सम्पूर्ण तरुण एकताबद्ध भई काँग्रेसलाई विजयी गराउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उक्त कार्यक्रममा अधिनायकवादी शासन स्थापना गर्ने लक्ष्यले बाम गठबन्धन चर्चा गर्दै भएको काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पक्षमा निर्वाचन परिणाम ल्याउनका लागि युवालाई खट्न निर्देशन सहित दिदै बाम गठबन्धन विरुद्ध सम्पूर्ण तरुण एक भएर लाग्नुको विकल्प नभएकोमा जोड दिनुभएको थियो भने  महामन्त्री डा शशांक कोइरालाले काँग्रेस लक्षित गठबन्धनबाट झस्किनुपर्ने आवश्यकता नभएको जिकिर गर्नु भएको थियो । कार्यक्रममा तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाँड, तरुण दलका अध्यक्ष जीतजंग बस्नेतलगायतले बोल्नु भएको थियो ।