बिहिबार, चैत्र १५, २०८०

बाढीपीडित पत्रकारको लागि सहयोग

काठमाडौं असोज ३० , नेपाल पत्रकार महासंघ कुवेत शाखाले बाढीपीडित पत्रकारको सहयोगका लागि रु पच्चीस हजार सहयोग प्रदान गरेको छ । नेपाल पत्रकार महासंघमा आज कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेले सो रकम नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई हस्तान्तरण गर्नु भएको हो ।
महासचिव विष्टले रकम बुझ्दै कुवेत शाखालाई धन्यबाद दिनुका साथै सो रकम बाढिबाट प्रभावित मधेसका ४ जिल्लामा सहयोग गरिने जानकारी दिनु भएको छ ।