मङ्लबार, बैशाख ११, २०८१

फोरमका उपमहासचिव शाह काँगेसमा

काठमाडौ कार्तिक ९, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकोे मिति नगिचिदै गर्दा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम सम्वद्ध सयौँको सख्यामा नेता कार्यकता पार्टी परित्याग गर्दै नेपाली काँग्रेसमा प्रवेश गेका छन् ।

यसरी काँग्रेस प्रवेश गर्नेहरुमा फोरमका उपमहासचिव एवं निर्वतमान सांसद अभिषेकप्रताप शाह समेत रहेको जनाउँदै उहाहरुलाइ काँग्रेस सभापति शेरबहादुर देउवाले एक कार्यक्रमका बीच पार्टीमा स्वागत गर्नुभएको नेपाली काँग्रेसले जनाएको छ ।

आजै रामेछापका एमाले र माओवादी केन्द्रका दुई सय कार्यकर्ता पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेको र उहाँहरुलाई पनि पार्टी सभापति देउवाले उहाँहरुलाई टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।