शनिबार, बैशाख ८, २०८१

फरार सूचीमा रहेका माओवादी नेता ढुंगेल ८ वर्षपछि पक्राउ

काठमाडौं कार्तिक १४ , ओखलढुंगाका उज्जैन श्रेष्ठको हत्यामा सर्वोच्च अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित मिति २०६६ पुस १९ गते जन्मकैदको सजाय सुनाएका माओवादी नेता बालकृष्ण ढुंगेललाई आज केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको छ ।

स्मरण रहोस, उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले जन्मकैदको फैसला सुनाएपनि ढुंगेल सत्ता र शक्ति केन्द्रको नगिज रहेका कारण यसअघि  प्रहरीले नेताका वरिपरी नै घुमिरहने ढुंगेललाई पक्राउ गर्न सकिरहेको थिएन ।  तर पछिल्लो पटक सर्वोच्चले सात दिनभित्र पक्राउ गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै कानूनव्यवसायी दिनेश त्रिपाठीले प्रहरी प्रमुखविरुद्ध नै अवहेलनाको मुद्दा दर्ता गराएपछि   प्रहरीले ढुंगेललाई पक्राउ गरेको हो ।

 त्यस्तै अदालतले दोषी किटान व्यक्तिलाई समेत पक्रेर कार्वाही नगरेकामा पीडित पक्ष र मानवअधिकारवादीहरुले सरकारको पटक पटक ध्यानाकर्षण गराउँदा पनि यसअघि कुनै कार्वाही भएको थिएन ।