बुधबार, बैशाख १२, २०८१

प्रारम्भिक सूचनाअनुसार ४५० भन्दाबढी मनोनयन दर्ता : आयोग

  • काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसको तर्फबाट ३५सिट ,राप्रपा १ सिट र नयाँशक्तिले १ सिटमा मनोनयन दर्ता

  • बाम गठबन्धनबाट एमालेले प्रतिनिधिसभामा २१ सिट , माओवादी केन्द्र १६ सिट

काठमाडौ कार्तिक ६, निर्वाचन आयोगले आइतवार आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रम राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको जनाएको छ ।

आइतवार साँझ निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सार्वभौमसत्ता सम्पन्न संसद् गठनका लागि भएको निर्वाचन आफैमा ऐतिहासिक रहेको बताउँदै उहाँले आजको उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम अत्यन्तै शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउँनु भएको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि आयोगमा प्राप्त प्रारम्भिक सूचनाअनुसार ४५० भन्दाबढी मनोनयन दर्ता भएको जानकारी दिदै   अव  आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य तालिका पछि कात्तिक ८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने आयोगले जनाएको छ

यसैवीच ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रम अन्र्तगत काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा– कांग्रेसको तर्फबाट ३५ सिट , राप्रपा १ सिट र नयाँशक्तिले १ सिटमा मनोनयन दर्ता गरेका छन भने प्रदेशसभा तर्फ – कांग्रेस ६९, गठबन्धनका अरू दललाई ५ सिटमा मनोनयन दर्ता गरेका छन ।  त्यस्तै बाम गठबन्धनबाट एमालेले प्रतिनिधिसभामा २१सिट माओवादी केन्द्र १६ सिट त्यस्तैगरि प्रदेशसभा– एमाले ४१, माओवादी केन्द्र ३३ सिटमामा उम्मेदवारी दर्ता गराएको छ ।