बुधबार, बैशाख १२, २०८१

प्रम देउवाले गरे कानून व्यवसायीसँग परामर्श

काठमाडौ असोज १८,  सत्तासाझेदार दल माओवादी केन्द्र र प्रतिपक्षी दलएमालेवीच कार्यगत एकताभएसंगै प्रधानमन्त्री शेरबहादुर देउवाले परिवर्तित मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका सवालमा कानून व्यवसायीसँग आवश्यक परामर्श गर्नुभएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त परामर्श बैठकमा सरकारमाथि अविश्वासको प्रस्ताव आउँदा वा नआउँदाको अवस्थाका बारेमा जिज्ञासा सहित यसवीचमा सिर्जना हुन सक्ने अवस्था र सोको निराकरण के कसरी गर्न सकिन्छ भन्दै कानून व्यवसायीसँग राए माग्नु भएको सम्वद्धस्रोतले जनाएको छ ।

प्रम देउवाको जिज्ञासाको सम्बोधन गदै कानून व्यवसायीले वर्तमान अवस्थामा निर्वाचनसम्म सरकारमाथि अविस्वासको प्रस्ताव आउँदा नआउँदा कुनै फरक नपर्ने संवैधानिक र कानूनी व्यवस्था रहेको प्रतिउत्तर दिनु भएको थाहा भएको छ ।   बैठकमा नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसी, महासचिव खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सूर्य ढुंगेल, प्रेमबहादुर खड्का लगायत एक दर्जन वरिष्ठ कानून व्यवसायीको सहभागीता रहेको प्राप्त् समाचारमा उल्लेख गरिएको छ ।