बिहिबार, बैशाख १३, २०८१

पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, मुलुकको राजनैतिक वृत तरङगीत

काठमाडौं कात्तिक ४ , पूर्वराजा ज्ञानेन्द्र शाहले भाइटीकाको दिन शनिबार बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहबाट टीका ग्रहण पछि पत्रकारहरुसँगको कुराकानीको क्रममा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको सवालमा आफ्नो अभिमत सार्वजनिक गर्नु भएको छ ।
पूर्वराजा शाहले जनताले चाहेको खण्डमा आफुले देशको जिम्मेबारी लिन तयार भएको अभिमत अभिव्यक्त गर्नु भएको हो ।

साथै उहाँले दुवो, गोदावरी र मखमली फूलको मह्त्वलाइ वेवास्ता गर्दै कागजी फूलको सुवास खोज्ने परिस्थतीमा हिड्नुको कुनै अर्थ नभएको समेत उहाँले बताए ।

यसैवीच पूर्वराजाको प्रस्तुत अभिव्यक्तिमा कुनै तुक नभएको भन्दै एमाले  लगायतका दलका नेताहरुले मजाक गर्नुको पनि सिमा हुँने जनाउ दिएका छन ।