शनिबार, बैशाख ८, २०८१

नेपालभाषा मचा सिरपाः को घोषणा

काठमाडौं असोज २७,  वल्र्ड नेवाः अर्गनाइजेशन जापान शाखा र नेवाः बस्ती नेवाः स्कूल अभियानको संयूक्त आयोजनामा नेपालभाषा मचा सिरपाः अर्थात पुरस्कारको घोषणा गरिएको छ । पुरस्कारको घोषणा सभाका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशी  र स–साना भाईबहिनीले संयुक्त रुपमा बेलुन उडाई प्रस्तुत पुरस्कारको  घोषणा गरेको हो ।