बिहिबार, चैत्र १५, २०८०

नेता श्रेष्ठको पक्षमा धादिङमा जनलहर

काठमाडौ कार्तिक ७,   युवा नेता,तथा समाजसेवी, नायक, एवम् युवा उद्धमीको रुपमा राम्रो छबि बनाएर सम्पूर्ण धादिङबासीको प्रिय पात्र बन्न सफल व्यक्तित्व मदु कुमार श्रेष्ठले नेपाली कांग्रेसकोतर्फ बाट धादिङ क्षेत्र न १ को प्रदेश सभा (क)  बाट प्रदेश सभासदको लागि उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । कांग्रेसको राजनीति भित्र बलियो पकड बनाएका नेता श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गरे लगत्तै स्थानियको वृहत जुलुसले धादिङ बजार परिक्रमा गरेका थिए  ।

नेपाली काँग्रेस लि कांग्रेश बाट सक्रिय राजनीति गर्दै आफ्नो लागि बाच्नु भन्दा पनि अरुको लागि केहि राम्रो काम गरेर बाच्ने सोच सहित सदैब सामाजिक कार्य र विकाशका कामलाइ प्राथमिकता दिदै आएका नेता श्रेष्ठले धादिङ क्षेत्रमा उल्लेखीय सामाजिक कार्य गरेर सबै जनताको प्रिय युवानेताको रुपमा परिचय बनाएका छन ।
नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका श्रेष्ठले धादिङ क्षेत्र न १ प्रदेश सभा (क)  मा पर्ने पहिलाको छत्रेदेउराली, जीवनपुर नौबिसे, थाक्रे केवलपुर, गोगनपानी, भुमिस्थान, तर्सफु, वैरेनी, कल्लेरीका सम्पुर्ण आमा बुबा, दाजुभाई, दिदी बहिनीहरु समक्ष यहि मंसिर १० गते हुन गैइ रहेको संसदीय चुनावमा रुख चिन्हमा मत प्रदान गरि प्रतिनिधि सभा सभासदमा आफुलाई अत्याधिक बहुमतले बिजय गराएर जनताको सेवा गर्ने मौका दिनुहुन आग्रह गरेका छन।