बिहिबार, चैत्र १५, २०८०

नेता ढुंगेललाई पक्राउ गर्नु नियोजित षडयन्त्र : वाइसिएल

नेता ढुङ्गेललाई रिहाई नगरे ७७ वटै जिल्लामा द्वन्द्वकालीन मुद्दाहरु ब्युताउँने वाइसिएलको चेतावनी

काठमाडौं कार्तिक् १४ , सरकारले ८ वर्षपछि माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरेपछि योङ्ग कम्युनिष्ट लीग, नेपालले देश संविधानको कार्यान्वयन अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिईरहेको बेला सरकारले माओवादी नेता ढुंगेललाई पक्राउ गर्नु नियोजित षडयन्त्र भएको जनाएको छ ।

वाइसिएलका केन्द्रीय अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ र महासचिव सुवोधराज शेर्पालीद्दारा आज एक विज्ञप्ति जारी गर्दै मुलुक निर्बाचनमा होमिईरहेको अवस्थामा द्वन्दकालका गम्भिर घटना ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ मार्फत हेरिने भन्ने बिस्तृत शान्ति सम्झौताको उलघंन गर्दै निर्बाचन भाड्ने षड्यन्त्रस्वरुप आफ्ना नेतालाइ पक्राउ गरेको जनाएको छ ।

त्यस्तै जारी विज्ञप्तिमा  नेता ढुंगेललाई तत्काल रिहाई गर्न माग गर्नुको अलावा ढुंगेललाई रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा द्वन्दकालिन मुद्दाहरु व्युताएर घटनामा संलग्न नेपाली कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने पहलकदमी लिन वाइसिएलका मातहतका जिल्ला समितिहरुलाई निर्देशित दिएको छ ।