बिहिबार, बैशाख १३, २०८१

नेता ढुंगेललाई पक्राउ गर्नु नियोजित षडयन्त्रको उपज: प्रवक्ता भुसाल

तत्काल  रिहाइको माग

 काठमाडौं कार्तिक् १४ ,  सरकारले ८ वर्षपछि माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्दै सदरखोर डिल्लीबजार चलान गरेपछि नेकपा माओवादी केन्द्रले देश संविधानको कार्यान्वयन अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिईरहेको बेला सरकारले माओवादी नेता ढुंगेललाई पक्राउ गर्नु नियोजित षडयन्त्रको उपज र दुर्भाग्यपूर्ण भएको बताएको छ ।

 माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले निर्वाचनको मुखमा नेता ढुंगेललार्इ पूरानो मुद्धा व्युताउँदै गिरफ्तार गर्नु आपत्तिजनक षड्यन्त्र भएको भन्दै  बिस्तृत शान्ति सम्झौता अन्र्तगत शान्ति तथा मेलमिलाप आयोगको कार्यादेशको दायरा नाघेको बताए । साथै   नेता  ढुंगेललाई तत्काल  रिहाइको माग गरेको छ ।