बिहिबार, बैशाख १३, २०८१

नुवाकोट काँग्रेसको क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ केसी, डा महत सिफारिस

नुवाकोट असोज २२ , नुवाकोट काँग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्भावित १४३ जना उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरेको पार्टी सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिनु भएको छ । पार्टी सभापति केसीले नुवाकोट काँग्रेसमा कायम प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका लागि चार निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारका आकांक्षीहरू धेरै भएपछि प्राप्त सवै आकांक्षीको केन्द्रीय सभापतिलाइ बुझाउँदै अन्तिम निर्णय गर्ने अधिकार केन्द्रलाई दिएको जानकारी दिनु भएको छ ।

प्रदेशसभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ यमबहादुर थापा, भाग्यश्री लामा, रमेशकुमार महत, अर्जुनप्रसाद न्यौपाने, धनकुमारी थापा र कृष्णबहादुर लामाको नाम समावेश छ । प्रदेशसभा क्षेत्र नंं २ बाट समानुपातिकतर्फ २२ जनाको नाम प्रस्ताव गरी पार्टी केन्द्रीय सभापति देउवालाई बुझाएको नुवाकोट काँग्रेसका सभापति केसीले जानकारी दिनुभयो ।  यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ बाट प्रतिनिसधासभा प्रत्यक्षतर्फ जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, बहादुरसिंह लामा तामाङ, डा प्रकाशशरण महत र हीरा पाण्डेलाई प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ को समानुपातिकतर्फ ९ जनाको नाम प्रस्ताव गरी केन्द्रमा बुझाइए उहाँले बताउँनु भएको छ । सभापति

केसीका अनुसार प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नंं १ बाट प्रत्यक्ष पार्टी जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, शिवप्रसाद दाहाल, वैकुण्ठबहादुर पाण्डे , भूपेन्द्र बानियाँ, विष्णुराज नेपाल, दीपक लामा, जयराम दाहाल, मोहनबहादुर खड्का, सानुकान्छा नेपाल र उपेन्द्र बुढाथोकीलाई प्रस्ताव गरिएको छ भने प्रदेशसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ १९ जनाको नाम प्रस्ताव गरिएको छ भने प्रदेशसभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ जगतबहादुर तामाङ, भरत खड्का, शिव अधिकारी, गणेश वाइबा, सरिता अधिकारी र च्याउकीमाया तामाङको नाम प्रस्ताव गरिएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट समानुपातिकतर्फ २१ जनाको नाम सिफारिश गरिएको जानकारी दिनुभएको छ ।