बिहिबार, बैशाख ६, २०८१

निर्वाचन रोकिए मुलुक द्वन्द्वमा जान्छ : बस्नेत

भक्तपुर कात्तिक १०,  नेकपा (एमाले) का युवा नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले निर्धारित मितिमा नै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नभए मुलुक द्वन्द्वमा जाने बताउनुभएको छ ।  रफत सञ्चार क्लबले गरेको साक्षात्कार कार्यक्रममा उहाँले बाम गठबन्धनबाट सरकार अत्तालिए निर्वाचन रोकिए देश द्वन्द्वमा जाने खतरा रहेको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देश आर्थिक सम्वृद्धिमा ं जाने लागेको बेला मतपत्रको बिवाद निकालेर निर्वाचन रोक्न नहुने बताउनुभयो ।

केही समयम अघि एन आर एन निर्वाचनका समयमा शेष घलेले ६ करोड एमालेलाई दिएको र ���्यस मध्ये एमाले अध्यक्ष केपी ओलीले आफूलाई दिएको दुई करोड मिडियाको हल्ला मात्र भएको बताउनु भयो । आफू युवा संघको अध्यक्ष हुँदा देखि नै केही मिडियाकर्मीले आफ्नो खेदो खन्दै आएको र यो पनि यसैको परिणाम भएको बताउनु भयो ।

स्थानीय तहको निर्वाचनलाई आधार मान्दा भक्तपुरमा नेकपा (एमाले) ले प्रतिनिधिसभा तर्फ भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा तर्फ सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्र जित्ने दाबी गर्नुभयो । उहाँले मध्यपुर थिमीमा एमाले र काँग्रेको कडा प्रतिसपर्धा हुने दाबी गर्नुभयो ।   आफू प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएपछि भक्तपुरलाई संबृद्धि बनाउने योजना आफूसँग भएको चर्चा गर्दै बस्नेतले भारी मतले आफू निर्वाचन जित्नेमा सबैलाई विश्वस्त हुन आग्रह गर्नुभयो ।