शुक्रबार, बैशाख १४, २०८१

निर्वाचनलाइ प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित गर्ने काम नर्गन आयोगको आग्रह

काठमाडौ असोज २१ , निर्वाचन आयोगको आज बसेको बैठकले आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित वा असर गर्नेगरी कुनै पनि गतिविधि, क्रियाकलाप सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, राजनीतिक दल लगायत सम्वद्ध सबैमा आग्रह गरेको छ ।

आयोगले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति, समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचन प्रक्रियाको थालनी, मतपत्र छपाइलगायतका मतदाता शिक्षा, कर्मचारीको छनोट, निर्देशिका, कार्यविधिको तर्जुमा लगायतका तमाम अत्यावश्यक कार्य प्रक्रिया चरणबद्धरूपमा अगाडि बढिरहेको जनाउँदै जारी विज्ञप्तिमा पूर्णरूपमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित, स्वतन्त्र, विश्वसनीय र धाँधलीरहित ढंगले सम्पन्न गर्न अहोरात्र आयोग खटिरहेको जनाउँदै निर्वाचन कार्यमा सघाउ पु-याउन संबद्ध सबै सरोकार भएका, आम सर्वसाधारण र सञ्चार माध्यमलाइ पनि आग्रह पनि गरिएको छ ।