शनिबार, बैशाख ८, २०८१

निर्वाचनमा उल्लासमय रुपमा सहभागी हुन प्रम देउवाको आग्रह

 काठमाडौ कार्तिक ३,   प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न केन्द्रीय र प्रदेशसभाको निर्वाचनमा उल्लासमय रुपमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । शुभ दिपावली तथा नेपाल संवत् ११३८ को उपलक्ष्यमा भक्तपुर कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गर्नु भएको हो ।

 त्यस अवसरमा प्रम देउवाले युवा संघ नेपालका पूर्व उपाध्यक्ष राकेश बेञ्जुसहित बिभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका नव प्रवेसीलाए पार्टीमा स्वागत गर्नु भएको थियो ।   त्यस्तै कार्यक्रममा कांग्रेस नेता रमेश लेखकले वाम गठबन्धनबाट नेपाली कांग्रेस डराउनुनपर्ने तर एकजुट भएर आगाडी बढ्नपर्ने बताए । कार्यक्रमामा रक्षा मन्त्री भीमसेनदास प्रधान, पूर्व सांसद रामेश्वर ढुंगेल, भक्तपुर कांग्रेस जिल्ला सभापति दुर्लभ थापा, लेखनाथ न्यौपाने लगाएतको उपस्थित रहेको थियो ।